काठमाडौंः चर्चित गीतकार दर्पण राईको ‘माया यस्तो बनोस् हाम्रो’ सार्वजनिक गरिएको छ ।

मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईको आवाज रहेको गीतको संगीतकार अजय कार्की हुन् ।

भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् ।

एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १९:४८