काठमाडौंः एस एस इन्टरनेशनल प्रस्तुतीमा नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को प्रर्दशन मिति घोषणा गरिएको छ । हास्यप्रधान कथामा तयार पारिएको चलचित्र आगामी बैशाख २६ गतेबाट नेपाल अधिराज्य भरी प्रर्दशन गर्न लागिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिए ।

मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाँकन, राजु किरातीको द्वन्द्व, राम जी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रमा विकाश चौधरीको संगीत रहेको छ ।

‘आकाशे खेती’मा विल्सन विक्रम राई (तोक्मे बुढा), गौरव पहाडी, निता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मालगायतको अभिनय रहेको छ ।



प्रकाशित मितिः मंगलबार, पुस १५, ११:५३