काठमाडौंः नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ ।

अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र गोवर गणेश को प्रमोसनल गीत ‘अमिलो मोई’ सार्वजनिक भएको हो ।

निर्देशक कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित चलचित्रको गीतमा अहिलेको चर्चित नायिका एलिना रायमाझीलाई फिचर्ड गरिएको छ ।

गायिका एलिना चौहान र गायक निशान भट्टराईको आवाज रहेको यस गीतमा रिमेश कुमारको संगीत रहेको छ ।

जय किसान बस्नेत, सियम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने लगायतको अभिनय रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ ।


भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई मोहन कुमार झिल्लुले खिचेका हुन ।

हरि कुमार कटुवाल निर्माता रहेको यस चलचित्रलाई सिनेमा घर खुल्ले लगतै प्रदर्शन गरिने बताईएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, असोज १९, २०७७, २०:०८