काठमाडौंः लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘बल्छी धुर्वे’ को बुधबार शुभ मूर्हुत गरिएको छ ।

महालक्ष्मी मन्दिरमा गरिएको शुभ मूर्हुतमा चलचित्रको छायांकन काठमाडौंलगायत नेपालका विभिन्न भागहरुमा छायांकन गरिने सो कार्यक्रममा जानकारी दिइएको थियो ।

चलचित्रमा आश्मा तिवारी, प्रेरणा बोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, राम शरण खत्री , राजन श्रेष्ठ, संगम प्रजापती, लाल प्रसाद सापकोटा र दिपक भण्डारीलगायतको मुख्य भूमिका रहने छ । चलचित्रमा बाल कलाकारको रुपमा युना खड्का र समिर प्रजापतिको अभिनय रहने छ ।


केदार मल्लको लेखन तथा निर्देशन, शंकर अधिकारी घायलको गीत, पटकथा तथा सम्वाद र केदार मल्लको संगीत एवं राजेश कुमार श्रेष्ठ, सञ्जय हमालको एरेन्जमा रहेको गीत चलचित्रमा समावेश गरिने भएको छ । चलचित्रलाई दिलिप कहरको छायांकन, विवेक थापा र राजन मर्हजनको नृत्य रहने भएको छ ।


प्रकाशित मितिः बिहीबार, मंसिर १२, ०८:४१