काठमाडौंः बहुप्रतिक्षित चलचित्र ‘मखमली मखमली’ यहि मंसिर १३ गतेबाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘मखमली मखमली’ मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालले यथार्थपरक कथाबस्तुमा नारी बेदनालाई प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुःख पिडालाई समेटिएको जानकारी गराएकी छिन ।

चलचित्रमा नायक जयकिशन बस्नेतको जोडदार अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकी नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउँले परिवेशमा देख्न सकिन्छ ।


निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर ८, १२:३८