काठमाडौंः चलचित्र ‘मेरो दिल छ पोखरामा’ को गीत ‘आज फेरि‘’ गीतको भिडियो सार्वजनिक भएको छ ।

बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति र शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मेरो दिल छ पोखरामा’को ‘आज फेरि’ गीतको भिडियो सार्वजनिक भएको हो ।

नित्याशिवाको स्वरमा रहेको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द अनि पुस्कर सुनारको संगीत/संगीत संयोजन रहेको छ ।

गीतमा रन्जु रन्जना र रोशन बीसी लाई फिचर्ड गरिएको छ । रामकृष्ण कडेलको छायांकन, राजन महर्जनको नृत्य र बिश्वास भण्डारीको सम्पादन रहेको यो चलचित्र फागुन २ गतेदेखि प्रदर्शन हुनेछ ।


चलचित्रमा राजु पौड्याल, रन्जु रन्जना, रोशन बिसि, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, हेमलता घिमिरे र राजन महर्जनको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, पुस १२, ०९:४६