काठमाडौंः सामाजिक विषयबस्तुमा रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘लवजोन’ युटुब मार्फत सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा युवा युवतीबीचको प्रेम कथालाई चलचित्रमा उतारिएको छ ।

लाखौं सपना बोकेर विदेशमा गएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले गलत बाटो रोज्दाको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ ।

ओम बा कार्की प्रस्तुतीमा निर्माण भएको चलचित्रमा बिक्रम कार्की, प्रेरण बोहरा ,राजन महर्जन ,तृष्णा खडका ,डिबि लामा, रुबि थापा, राजन श्रेष्ठको अभिनय रहेको छ । बाबुल गिरी र शंकर अधिकारी घायलको संगीतमा नित्याशिवा, बाबुल गिरी र शम्भु रैकाको आवाज रहेको छ ।


हेर्नुस पुरा चलचित्रः


प्रकाशित मितिः सोमबार, चैत २४, १८:२८