भक्तपुरः चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित एक पुरुषको होम आइसोलेसन मै मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–२ का ७९ वर्षीय पुरुषको आज बिहान साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको हो ।

मिगौलाका बिरामी रहेका उनको कार्तिक १३ गते स्वाब परीक्षण गरिएको र रिपोर्ट कार्तिक १५ गते पोजेटिभ आएको चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरी के.सी.ले जानकारी दिए ।

शवको व्यवस्थापन नेपाली सेनाले गर्दैछ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १३:१६