सर्लाहीः मलंगवा नगरपालिका–५ दशगजा एरियाबाट ७ सय ग्राम चाँदीसहित एक भारतीयलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २५ वर्षीय संदिप साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको चाँदी फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १०:४५