महोत्तरीः जलेश्वर नगरपालिका–२ खैरा चोकमा लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार हनुमानजी नगर–१ का २५ वर्षीय सिताराम साहु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जनकपुरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको ज १२ प ७३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहुको साथमा राखेको २ केजी ४ सय ग्राम तथा मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई राखेको ८ केजी ५ सय ग्राम चाँदीसहित उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 


प्रकाशित मितिः शुक्रबार, असोज १७, १२:४३