कुरा २०५२ सालबाट नै सुरु गरौं, घरमा श्रीमद्भागवत् कथा, घरको पाटोमा बनाएको मन्दिर, त्यो पनि गाउँघरका बूढा हजुरबुबाहररू मिलेर । अत्यन्तै सुन्दर मन्दिर, जेठको महिना, गर्मीको स्वाद बेग्लै थियो ।

आकाशे रंगको सर्ट र नीलो जाङ्गे, पछाडि कपडाको झोला । गोजीमा गुच्छा, भुरुङ, चुन्नी र ढ्याक पैसा त्यो पनि खोपी खेल्नका लागि । खुट्टाका चप्पल र त्यो धूलो बाटोमा टाउके खेल्दै घरबाट स्कुल, स्कुलबाट घर । एकै दिनमा पोशाक धूलाम्य । दोपहरमा केटाहररू बासँघारीमा सुपला खोज्न र गैरामा चिप्लेटी खेल्न केटीहरू भने चुन्नी र लुकामारीमा व्यस्त ।

भोलि तिमीहरूको व्रतबन्ध, ठूलाबाका छोरा दिवाकर, फुपूका छोरा दाइ घनश्याम र म एकाएक चकित पर्यौ।


। यही सप्ताहमा व्रतबन्ध गर्दिनी हो भने राम्रो हुन्छ । बाले गुरुहररूसँग छलफल गर्दै हुनुहुन्थ्यो । हामी पनि व्रतबन्ध गर्ने भनेपछि फरुङ्ग, त्यो अर्थमा कि अब कुनै भोजभतेरमा ठ्रलाबडासँग बसेर खान पाइने भो, बाहरूले झैं सम्मान पाइने भो। काठमाडौंबाट मामा, दिदी, भान्जादाइ र अन्य साथीहरू आएका छन् ।

यता गाउँमा सबैजना आफन्तदेखि छरछिमेक, इष्टमित्र सबै–सबै । एकाबिहानै ल ल, केटाहररूको कपाल मुण्डन गर्नुपर्यौ भन्दै नारायण दाइ चिच्याउन थाले । हामीहररू तीनैजनालाई सँगै बसेर टाउकामा पानी हाल्यौ र मामा र दिदीले टाउको खैरिन सुरु गरे । कपाल सानो भएकले टुप्पी सानो देखियो घनश्याम दाइको र मेरो । दिवाकर दाइ भने कपाल लामो पालेका भएर ठूलै देखियो उसको टुप्पी । सानै भए पनि साहै बलबान दाजु, सबै केटाहरूले चर्चा गर्थे दिवाकर दाजु को बाटो खन्नेदेखि गाह्रोसाह्रो काममा उसलाई हैसाहाल्ने । उनको टुप्पी देखेर हामी दुईलाई लोभ लागेको थियो । घरमा बा, ठूलाबा काकाहररू सबैको टुप्पी लामै थियो । कथा वाचन गर्ने गुरुको पनि टुप्पी लामो नै । पण्डित सबै त्यो कारण पनि सबैको टुप्पी अनवर्य र लामो थियो ।

उता मावली पट्टि हजुरबा, मामाहररू सबैको टुप्पी लामै । फुपाजुहररूको टुप्पी पनि उस्तै लामो, फपाजुका छोराहररू वा भान्जादाइहररू सबैको लामै टुप्पी जम्माजम्मी हाम्रा आफन्तीहररू सबै ५१ जानाकै टुपी छ । घरदेखि परसम्म र मावली देखि माइजुहररूका आफन्तीहररूसम्म सबैको टुप्पी । लाग्छ यो टुपपीले साच्ची नै काम गर्ने हो भने हाम्रो खानदानमा ले नै टुप्पीको जोड गर्दा काशी , बनारस, हरिद्धार, गया सबै ठाँउसम्म पुग्न सक्कने लम्बाई पो हुन्छ कि जस्तो । पौराणीक धर्म ग्रन्थका अनुसार टुप्पीको आफ्नै महत्व र फाईदा होलान् । यसको आर्य संस्कारमा विशेष महत्व बताइएको छ । टुप्पीलाई आर्यहरुले आक्रोश, रीस, डाहा आदीका रूपमा शरीरमा रहने आन्तरिक विशेष उर्जा खेर नजाओस् भनेर मन्त्रद्वारा टुप्पी बाँध्ने गरिन्छ भने योगको एक प्रतीक पनि हो । यसको प्रयोग चाणक्यले मुस्लिम आक्रमणका बेला हिन्दु शासकले आत्मसमपर्ण गरेको विरोधमा टुप्पी खोलेर आक्रोश व्यक्त गरेका थिए ।

यो कुराको उपहास मैले गर्न चाहेको भने पटक्कै होइन तर आजको युगका मानिसहररू टुप्पीको कुनै मतलव हुँदैन । सायद आजको जमाना जस्तो एन्टेना एरियल पनि यही टुप्पीको देखासिकीले बनाएको हुनुपर्छ । कुनै जमानामा सञ्चारको साधन यही टुप्पीले गरेको हुनुपर्छ यही देखेर अहिले ठ्रला–ठूला टावरहरू बनेका होलान् । त्यो समयमा टुप्पीको सुरक्षाकवचका रूपमा टोपी लगान्थ्यो तर आजकालका टावरहरू नाङ्गा छन् । घाम–पानी, तातो–चिसो सहेर बसेका छन् ।

टुप्पीले काम गरेको भए सायद नेपाल विश्वकै पहिलो दूरसञ्चार प्रविधिमा अगाडि बढ्थ्यो होला तर अनर्थ के भने यही टुप्पीको सिको गरेर अरूले धेरै विकास गरे तर हामीले यही टुप्पीको मर्म बुझेका छैनौं, प्रयोगमा ल्याएका छैनौं । सानैदेखि टुप्पीवलाको संगत परेर होला पुस–माघको जाडोमा पनि नुहाउन छाडिएन । गायत्री मन्त्र पढ्न छाडिएन । उमेर बढ्दै जाँदा भएको टुप्पी पनि दुब्लाउँदै गयो । समय अनुसार टुप्पी पाल्दा लाज लाग्न थाल्यो, साथीभाहरूले आयो टुप्पीबाउन भन्दै जिस्काउन थाले । के थाहा ती मूर्खहरूलाई टुप्पीको महत्व तर पनि अरूका अगाडि केही लागेन, टुप्पी दुब्लाउँदै गयो, मान्छे मोटाउँदै गयो ।

परम्परा अनुसार अहिले सानै भए पनि टुप्पी छ, गायत्री मन्त्र पढ्न र बिहानै नुहाउन छाडे पनि फुर्सदमा नुहाइएकै छ । टुप्पीको संरक्षण नगरे पनि पूर्ण रूपमा मासिन दिइएको छैन । आफन्तीहरू सबैको टुप्पीमा शिखा छ तर मेरो शिखा नभए पनि टुप्पीचाहिं छ । अझै पनि बाहरू, मामाहरू, दाजुहररूले टुप्पीको इज्जत धानेकै छन् । जे जस्तो भए पनि टुप्पीको महिमा आफ्नै ठाउँमा छ र यो उमेरसम्म पनि यसको महत्व थाहा छ । सानैदेखि संगत टुप्पीवालाहरूकै छ, अहिले पनि अनन्य मित्रको टुप्पी छ र उसैसँग संगत छ ।

जय होस् टुप्पीको ।

-सुदर्शन आचार्य