सगरमाथा शिखरमा विजयी झन्ढा फहर्याउन गत वैशाख दोस्रो साता त्यसतर्फ गएका उनीहरुले बुधबार विहान ६ बजे सफल्ता हात पारेका हुन् ।

सगरमाथाको शिखरमा पुग्न सफल महिला पत्रकारमा राससकर्मी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन, स्वतन्त्र पत्रकार देउराली चाम्लिङ र रोजिता बुद्धाचार्य छन्।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो।

पत्रकार महिलाको आरोहण दलमा पाँचजना सहभागी भए पनि एकले भने सफल्ता प्राप्त गर्न सकिनन् ।

समूहमा पाँच महिला आवद्ध थिए। त्यसमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन्।

पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन्।


उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पुर्याएका छन्।