त्रिपोलीः लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।

सोमबार बिहान दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीहरुले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका छन् । यस झडपको क्रममा अन्य कैयौँ व्यक्ति घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए ।