काठमाडौंः सवारी साधान चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरिने भएको छ ।

यातायात व्यवस्था विभागले वैशाख १६ गतेदेखि लागु हुने गरी अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गर्न लागेको हो ।

कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताएको छ ।

सोही कारणले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्राथी भएको सूचनामा उल्लेख गरिएको छ ।

सूचना:


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १६:५०