चितवनः राप्ती नगरपालिका–४ चेपाङमार्गमा शनिबार साँझ भएको अटो दुर्घटनाका ५ मृतक मध्ये ४ जनाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु भएका पाँचजनामध्ये पर्वत स्थायी घर भई चितवनकै खैरहनी नगरपालिका–८ बस्दै आएका ४९ वर्षीय श्याम प्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती नगरपालिका–९ बस्ने २५ वर्षीया मीना खड्का र सोही ठाउँमै बस्ने ३२ वर्षीया माया तामाङको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै अन्दाजी ४० वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको छ ।

चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको थियो ।


यस्तै दुर्घटनामा अटो चालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणीराम गिरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस् ।


प्रकाशित मितिः आइतबार, मंसिर २२, ०९:२३