भरतपुर,चितवन:  भरतपुरको एभरेष्ट पेन्ट्स उद्योगमा भिषण आगलागी भएको छ । भरतपुर महानगरपालिका-४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे देखि आगो लागेको हो । आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिएको छ । आगो नियन्त्रण हुन नसकेपछि मकवानपुरबाट पनि दमकल मगाइएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।