काठमाडौंः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता गुणराज लोहनी पक्राउ परेका छन् ।

उनी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीबाट पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो ।

लोहनी विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट हटाइएको थियो ।

उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक ५, १०:३८