चितवनः प्रहरीले चितवनमा अवैध लागूऔषध गाँजा सहित एक जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ रतनपुर बस्ने २१ वर्षीय दिपेश बिक रहेका छन् ।

प्रहरी चौकी पार्बतीपुरबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ७ सय ग्राम लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १७ गते शुक्रबार, १७:२२