चितवनः भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज एकाबिहानै स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५९ प ३३७० नं.को स्कुटर तेह्रसालचोकमा बिहान ३ः५० बजे अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, गम्भीर घाइते हुनेमा पछाडि सवार रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार रहेको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


।आइतबार, कार्तिक २४


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०९:०२