चितवनः रत्ननगर नगरपालिका–१६ खैरेटी बस्ने ३८ वर्षीय राम बहादुरको बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा राम बहादुर सहित ३ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

उक्त खोरमा लुकिछिपी कौडा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, २०:४१