चितवनः भरतपुर महानगरपालिका–१९ सत्र किलो भन्ने स्थानमा सोमबार साँझ भएको जिप र ग्याँस बुलेट आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा १३ च ५९२९ नम्बरको स्कारपियो जिप र भारतीय नम्बरको ग्याँस बुलेट आपसमा ठोक्किँदा जिपमा चढेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ की ४८ वर्षीया प्रभा गौतमको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कलेज अफ मेडिकल साइन्स भरतपुरमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

ग्याँस बुलेट चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १०:४५