चितवनः भरतपुर महानगरपालिका–१० हाकिमचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको सिर्सिया नगरपालिका बस्ने ४५ वर्षीय ललन पासवा रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ११ बजे ना ५ ख ८२०३ नम्बरको टिपरले पासवान सवार साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका पासवानको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स भरतपुरमा मृत्यु भएको हो ।

ठक्कर दिने टिपर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १९:२७