चितवनः चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।

बाँकी एक जना भने भने बारा जितपुरकी ६८ वर्षीया महिला रहेको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।


प्रकाशित मितिः २०७७ अशोज ६, मङ्लबार, ०६:४७