चितवनः चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ७ जना चितवनका र एक जना नवलपुरका छन् ।

भरतपुर अस्पतालले शनिबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र नवलपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ४० देखि ६७ वर्षसम्मका छन् ।


प्रकाशित मितिः २०७७ अशोज ४, आइतवार, ०६:५७