चितवनः भरतपुर महानगरपालिका–१ दियालो रोडमा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

पुल्चोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले साइकलमा सवार अन्दाजी २१ वर्षीय युवकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक फरार रहेकाले खोजी भइरहेको छ ।


प्रकाशित मितिः बिहीबार, पुस १०, ११:३९