चितवनः कालीका नगरपालिका–६ कमलचोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालीका नगरपालिका–२ बस्ने ७० वर्षीय बम्मर महत्तो रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ११ बजे चितवनकै खोलेसीमलबाट क्लबचोक तर्फ आउँदै गरेको ना ३८ प ४२४९ नम्वरको मोटरसाइकलले पैदल हिडिरहेका वृद्धलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय टाडिले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः मंगलबार, साउन २७, २०७७, १६:१३