चितवनः कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेको प्रहरीले जनाएको छ ।

गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा राती साढे २ बजे मृत्यु भएको प्रहरी चौकी खोले सिमलले जनाएको छ ।

शव भरतपुर अस्पतालमा राखिएको छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १२:३४