चितवनः रत्ननगर नगरपालिका–४ देबैलीमा सोमबार राति रोकी राखेको मिनीट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक किनारमा रोकी राखेको ना ५ ख ६४४५ नम्बरको मिनी ट्रकमा सौराहाबाट टाँडीतर्फ जाँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अन्दाजी २९ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।


प्रकाशित मितिः मंगलबार, पुस २२, ०९:१३