चितवनः लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लव राप्ती ५ भण्डाराको संयुक्त आयोजनामा विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच राप्ती नगरपालिका–११ जिम्लिङका २० विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामलसहित तेल, नुन, मसला, दाल सहयोग गरिएको हो ।

खाद्यान्न सामाग्री वितरण कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका एरिया चिफ लियो पुरुषोत्तम सुवेदी, राप्ती नगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर लामा, हाम्रो राप्ती एफएम ८८.५ का समाचार प्रमुख दिनेश बिसुन्के, संयुक्त युवा क्लब राप्ती–११ का प्रतिनिधि, बन समितिका अध्यक्षलगायत स्थानीयहरु अगुवाहरुको उपस्थिति रहेको थियो ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, १६:०२