चितवनः भरतपुर महानगरपालिका–५ पन्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । यस्तै दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

ना ३६ प ९३२४ नम्बरको स्कुटरले बाटोमा हिँडिरहेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक नवपरासीको गैंडाकोट नगरपालिका–१० भेडाबारीका २३ वर्षीय जनक कडेँल घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी चौकी कल्याणपुरले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०९:४६