चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ ।

विस्फोटका कारण भाटभटेनीको अगाडिको भागको सीसा फुटेको छ । प्रहरी स्रोतका अनुसार बिहान मोटरसाइकलमा आएका दुई जनाले ग्रिनेड बम विस्फोट गराएको थियो । सो कार्यमा संलग्न हुने एकको पहिचान भइसकेको छ र उनीहरुलाई खोज्ने कार्य तिव्र पारिएको छ ।

बम पड्काउनेहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आशंका गरिएको छ ।