काभ्रेपलाञ्चोकः बेथानचोक गाँउपालिका–२ ग्वाभञ्ज्याङ्गबाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान तथा हड्डी (आखेटोपहार) सहित प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खानीखोला गाउँपालिका–७ बस्ने ३४ वर्षीय टेक बहादुर थिङ रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त आखेटोपहार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, ०८:१६