काठमाडौंः नेपाल वायुसेवा निगमले चिनियाँ वाई १२ ई जहाज उडानका लागि ल्याउन लागेका तीन चिनियाँ क्याप्टेनहरुसँग सरकारले तोकेको योग्यता नरहेको खुलासा भएको छ ।
ति चालकसँग कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) मात्रै रहेको पाइएको छ ।
जबकी, नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमावलीमा भने नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनपर्ने व्यवस्था छ ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि एटीपीएलबाहकलाई मात्र अनुमति दिनको लागि संसारभर नियम लगाउने गरेको छ ।
तर, चिनियाँ जहाज उडान गर्न पाइलट अभाव खेपिरहेको निगमले ल्याउन लागेको तीन चिनियाँ पाइलट सीपीएलबाहक मात्र रहेको पाइएको हो ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook