जनकपुरः जनकपुरधामबाट चिनियाँ पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

दुवैजनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं ५ का ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

दुवैलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।

बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर भएको दुर्घटनापछि प्रहरी नायव उपरीक्षक कार्कीसहितको टोली दुर्घटना स्थलमा पुगेको थियो ।


शंका लागेर कारमा चेक गर्ने क्रममा डिक्की भित्र राखिएको ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्यगजिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार ०५ माघ, ०८:२४