काठमाडौंः चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

एक दिने भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी नेपाल आएका हुन् ।

उनले दिउँसो २ बजे प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । जंगीअड्डामा नेपाली सेनाको टोलीले फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ ।

लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । त्यसपछि उनी आजै साँझ स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, ११:०५