काठमाडौंः चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
आज बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।
विमानस्थलबाट फेङ्हे नेपालीस्थित चिनियाँ दूतावासमा पुगेका थिए । त्यसपछि नेपाली सेनाको जंगीअड्डा पुगेका उनलाई सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।
साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए ।
। भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो ।
प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, २०:१३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook