काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ ।

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा र फर्किँदा तीन घण्टा गरी ६ घण्टा प्रभावित हुने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै ८७ वटा विमानका उडानरअवतरण प्रभावित हुने जनाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको जारी सूचना अनुसार शनिबार दिउँसो २ः५५ बजे देखि ५ः२५ बजेसम्मका (३३ वटा) सबै उडान तथा अवतरण बन्द हुनेछन् ।

त्यसैगरी आइतबार चिनियाँ राष्ट्रपति फर्किँदा बिहान ११ः २० बजेदेखि दिउँसो १ः५० बजेसम्मका (५४ वटा) उडान तथा अवतरण बन्द हुनेछन् ।






प्रकाशित मितिः शनिबार, असोज २५, १०:१८