काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज शनिबार नेपाल आउँदैछन् ।

राष्ट्रपति सी आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।

उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।

राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने छन् ।


राष्ट्रपति सीको भ्रमणलाई सरकारले अत्याधिक महत्व दिँदै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ रहनेछन् ।

भ्रमण तालिका यस्तो छः

शनिबार

दिउँसो करिब ४ः३० देखि ५ः३० बजेसम्म त्रिभुवन विमास्थलमा उत्रने

साँझ ६ः३० बजे राष्ट्रपति भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने

साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

आइतबार

बिहान १०ः३० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने

१२ः३० बजे नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किने।


प्रकाशित मितिः शनिबार, असोज २५, ०७:४६