चिनीयाँ पेट्रोलियम भण्डारका लागि जग्गा खोज्दै सरकार







काठमाडौंः नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो ।

पेट्रोलियम भण्डारका लागि नेपालले जग्गा उपलब्ध गराउने र चिनियाँ सरकारले भने पेट्रोलियम भण्डारण बनाइदिने सहमति भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसका लागि चिनियाँ पक्ष नेपाल आएर नुवाकोट, रसुवालगायत केही स्थानको स्थलगत


र वातावरणको निरीक्षण गरी यसअघि नै फर्किसकेका छन्।

जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनीया पक्षलाई दिने सरकारको योजना छ । नागरिक दैनिकमा समाचार छ ।




ताजा समाचार


विशेष समाचार