चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको महिना दिन नपुग्दै सरकारले उद्योगीमाथि धरपकड सुरु गरेको छ ।

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवाललगायतका उद्योगीलाई उखु किसानले भुक्तानी नपाएको पुरानो विवाद कोट्याउँदै उद्योग मन्त्रालयले पक्राउ गर्न स्थानीय प्रशासनलाई आइतबार पत्राचार गरेको हो ।

आर्थिक २०७५/७६ को बजेटमा सरकारले दुई वर्षमा चिनीमा आत्मनिर्भर हुने घोषणा गर्दै यस क्षेत्रलाई संरक्षणको नीति लिएको छ ।

उद्योगी व्यवसायीका प्रतिनिधिमूलक संघ संस्थाले भने बर्सेनि बल्झिरहने चिनी उद्योगी र उखु उत्पादकबीचको विवादलाई बहाना बनाएर सरकारले व्ययवसायीलाई पेल्ने नीति लिएकोमा आपत्ति जनाएका छन् ।


व्यवसायीले चिनी विक्री गरेर किसानको बक्यौता भुक्तानी गर्ने बताइरहेका बेला सरकारले उनीहरूमाथि कारवाही नै गरेर मुलुकमा लगानीमैत्री वातावरण बिगार्ने भन्दै निजी क्षेत्र त्रसित छ । ।