काठमाण्डौं : संयुक्त राष्ट्र संघको कार्यालय न्युयोर्कमा हुने चिफ अफ पुलिस समिटमा नेपालको नेतृत्व गर्न सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन ।

उनी प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि पहिलो पटक अमेरिका गएका हुन ।

संयुक्त राष्ट्र संघले न्युयोर्कमा आयोजना गरेको विश्वभरका प्रहरी प्रमुखहरूको सहभागितामा गर्न लागेको समिटमा सहभागी हुन उनी आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन्।

अमेरिका प्रस्थान गर्नुअघि खनालले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी एआइजी दिनेशचन्द्र पोखरेललाई दिएको छ ।