काठमाडौंः चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय अमेरिकी डलर जरिवाना गरिएको छ ।
कोरोना भाइरस रोकथाम सम्बन्धी नियम तोडेको आरोप उनलाई जरिवाना गरिएको हो ।
यसै महिनाको सुरूवातमा एक महिलासँग खिचेको मास्कबिनाको सेल्फी फोटोका कारण उनले जरिवाना तिर्नुपरेको हो ।
यसै महिनाको सुरूमा सामाजिक संजालमा समेत भाइरल बनेको सो सेल्फीमा राष्ट्रपति र तस्विर खिचाउने महिला दुबै जनाले मास्क लगाएका थिएनन् ।
मास्कबिनाको तस्विर भाइरल भएपछि राष्ट्रपतिले कोरोना रोकथामसम्बन्धी नियमहरू पालना गर्न आफू चुकेको भन्दै माफी मागेका थिए । –एजेन्सी
प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १३:१२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook