काठमाडौंः दक्षिण अमेरिकी देश चिलीको एक सैनिक विमान बेपत्ता भएको छ । अन्टार्टिकाका लागि नेपाली समय अनुसार मंगलबार बिहान उडेको चिलेको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको हो ।

सो विमानमा रहेकामा १७ जना चालक दलका सदस्य र २१ जना यात्रु गरी ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ ।

पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो

हराइरहेको विमान र यात्रुको खोजी कार्य जारी रहेको बताइएको छ ।


प्रकाशित मितिः मंगलबार, मंसिर २४, ११:०५