काठमाडौँः नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् ।

मंगलबार रिपोटर्स क्लव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमममा बोल्दै भट्टराईले रेलमार्ग बनाउन चीनको अनुदान ल्यानेबारे छलफल छलफल भईरहेको बताए ।

भट्टराईले विश्वमै सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गर्ने देश चीन भएकोले नेपालले पनि चिनियाँ लगानी भित्र्याउन यो भ्रमणलाई महत्वपूर्ण अवसर बनाउनुपर्ने बताए।

उनले भने, ‘हामीले यो भ्रमणबाट सन्देश दिने कुरा भनेको नेपालमा राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्व पनि छ भनेर आश्वस्त पार्नुपर्छ, हामीलाई रेल, विद्युत चाहिएसँगै पर्यटक भित्र्याउने र कृषिलाई आधुनिकीकरण गर्ने हो, अब यी क्षेत्रमा हामीले चिनियाँ सहयोग लिनुपर्छ।


।’

केरुङ काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, भट्टराईले भने, आन्तरिक स्रोतले बनाउन सक्ने अवस्था नभएकाले चीनले अनुदानमा बनाईदिए मात्रै काठमाडौंमा रेल आउँछ । नागरिक दैनिकमा खबर छ ।