आइतबार बसेको मन्त्रिपरिषद बैठकले रसुवागढी–ज्याङ्बु जोड्ने पुल तथा तातोपानी–खासा जोड्ने पुल बनाइदिने चिनियाँ प्रस्ताव अनुमोदन गरेको हो। दुवै पुल निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग चीनको रहने सूचना तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले जानकारी दिए।

रसुवागढी नाकामा एउटै खोलामा हालिएको नाकाको मितेरी पुल चीन र नेपाली पक्षमा फरक(फरक किसिमको छ। चिनियाँ पक्षतर्फ पुल पक्की छ।

रसुवागढी र तातोपानी नाकामा अवस्थित दुई मितेरी पुल निर्माण गरिदिने चिनियाँ प्रस्ताव सरकारले निर्माण गर्ने भएको छ ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि नेपाल(चीन व्यापार यही नाकामा सीमित भइरहेको छ।


भारतले नाकाबन्दी सुरू गर्दा भूकम्पका कारण रसुवागढी नाका बन्द भएको ५ महिना भएको थियो। नाकाबन्दीका कारण रसुवागढी नाका खोल्न नेपाल र चीन दुवै देशले तदारुकता देखाएका थिए।

भूकम्पले क्षति पुर्याएको मितेरी पुल निर्माणको चिनियाँ प्रस्ताव नेपाल सरकारले स्वीकृत गरेसँगै यो नाका निकट भविष्यमै सञ्चालनमा आउने देखिएको छ।