काठमाडौं : राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा औपचारिक भ्रमण वा कार्यक्रममा जाँदा सदनलाई जानकारी दिने प्रचलन अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई आज जानकारी दिन लागेका हुन ।

आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले संघीय संसद्का दुबै सदनलाई सोमबार जानकारी दिन लागेका हुन । संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि समय मागेकाले प्रधानमन्त्रीले सदनमा जानकारी दिने छन ।

प्रधानमन्त्रीले राष्ट्रियसभामा दिउँसो २ बजे सम्बोधन गर्ने र प्रतिनिधिसभाको अपराह्न ४ बजेको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि भारत भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी दिएका थिए भने प्रधानमन्त्रीले भ्रमणपछि सदनलाई आप्नो भ्रमणबारे जानकारी गराएका थिए ।


। चीन भ्रमणबारे प्रधानमन्त्री स्वयंमले जानकारी दिन लागेका हुन ।