काठमाडौंः गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीको यस गजल गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक गजुरेलको रहेको छ । यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन् ।

सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन् । काठमाडौंको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, ०८:३६