काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले सानदार जित निकालेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ८ विकेटको सानदार जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित ६५, कप्तान महेन्द्र सिंह धोनीले अविजित १९, अम्बाती रायडुले ३९ र फाप डु प्लेसिसले २५ रन बनाए ।

बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले ५०, एबी डी भिलियर्सले ३९, देबदुत पडीक्कलले २२ र आरोन फिन्चले १५ रन बनाए ।

चेन्नईका साम करणले ३ तथा दिपक चाहरले तथा मिचेल स्टानरले १/१ विकेट लिए ।

जितसँगै चेन्नईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले पराजित गरेको थियो ।

चेन्नई १२ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।

बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, २१:०६