काठमाडौंः प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

एफए कप अन्तर्गत शनिबार राति भएको चौथो चरणमा चेल्टनहम टाउनमाथि ३–१ को जित निकाल्दै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो ।

खेलको ५९ औं मिनेटमा अल्फी मेले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए । तर, ८१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । ८४ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

अब सिटीले पाँचौं चरणमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीसँग खेल्नेछ ।



प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १२:४३