काठमाडौंः चेल्सीले मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।

आइतबार भएको मैत्रीपूर्ण खेलमा चेल्सीले क्युपीआरमाथि ७–१ को फराकिलो जित निकालेको हो ।

चेल्सीका लागि मिडफिल् रुबेन लोफ्टस चीक र बिली गिलमरले दुई दुई तथा मासन मौन्ट, विलियन र ओलिभर जिराउडले एक एक गोल गरे ।

१७ जुनपछि सुरु हुने प्रिमियर लिगमा चेल्सीले २१ जुनमा एस्टन भिल्लासँग खेल्दैछ ।


प्रकाशित मितिः सोमबार, असार १, २०७७, १०:४२